Logo
|
Thursday 28th March 2024
Logo

epaper

बुधबार थप ४४५ जना संक्रमित थपिए, ५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ४४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

आज ४ हजार १५४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार १४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३७ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्