Logo
|
Thursday 18th April 2024
Logo

epaper

देशभर योग दिवस मनाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने मुल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाइँदै छ ।

राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटारमा आज एक विशेष योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ ।

सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराउनुभएको थियो । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताउनुभयो ।

योगगुरु डा हरिप्रसाद पोखरेलले नेपालले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताउनुभयो । नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।

दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सन्देश दिँदै कोभिड–१९ को प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्