Logo
|
Wednesday 1st May 2024
Logo

epaper

कोभिड अस्पतालले नन् कोभिड सेवा प्रवाह गर्दै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड अस्पतालहरुले क्रमिक रुपमा नन् कोभिड सेवा पनि प्रवाह गर्न थालेका छन ।

सरकारले कोभिड अस्पताललाई नन् कोभिड सेवा प्रवाह गर्न आग्रह गरेको थियो । सोहि अनुरुप सरकारले सुचिकृत गरेका कोभिड अस्पतालले नन कोभिड सेवा प्रवाह गर्ने तयारी थालेका हुन ।

यसै क्रममा टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालले नन् कोभिड सेवा पनि सञ्चालन गर्ने भएको छ।

अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम माघ ४ गते आइतबारबाट नन कोभिड सेवा सुचारु गर्ने जनाएको हो।

अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले कोरोनाका कारण रोकिएको नन कोभिड सेवा अब नियमित हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्