Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोरोना विरुद्धको खोप ल्याउन अनुमतिपत्र माग



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस विरूद्ध खोप आयातका लागि उत्पादक वा सोका आधिकारिक आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरिएको छ । औषधि व्यवस्था विभागले अनुमति पत्रका लागि आवेदन माग गरेको हो ।

विभागले सूचना जारी गर्दै कोभिड–१९ को खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकाका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपतकालिन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको हो ।


कोभिड–१९ खोपको आपतकालिन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा ‘खोपको आपतकालिन प्रयोग सम्बन्धि संहिता, २०७७ र कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणपत्रलाई आधार मान्ने विभागले जनाएको छ ।


यस अघि सरकारले खोप आयातमा सहज होस भन्दै औषधि ऐन, २०३५ को (तेस्रो संशोधन) अध्यादेश जारी गरेको थियो । हालसम्म विश्वमा फाइजर, मोर्डना र अक्सफोर्डद्धारा उत्पादित खोपले आपतकालिन प्रयोगको अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्