Logo
|
Thursday 28th March 2024
Logo

epaper

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन जडान



जनस्वास्थ्य सरोकार, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक १ सय २८ स्लाइसको सीटीस्क्यान मेसिन संचालनमा आएको छ ।

सामाजिक अभियन्ता, नागरिक अगुवा एवं नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले सीटीस्क्यान मेसिनको उद्घाटन गर्नु भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रेडियोलोजिष्ट बम बिसिले सीटी स्क्यान मेसिनको बारेमा जानकारी दिनुभयो ।

त्यस्तै प्रतिष्ठानका डिन बसन्त लामिछानेले सीटी स्क्यानका लागि बुटवल, काठमाडौ, नेपालगंञ्ज जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्