Logo
|
Wednesday 24th April 2024
Logo

epaper

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण देखिन थालेपछि गत चैतदेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालको मिर्गौला प्रत्यारोपण सेवा ९ महिनापछि पुन: सञ्चालनमा आएको छ ।

बुधबार एक युवतीमा मिर्गौला प्रत्यारोपण गरी सेवा पुनः सुरु गरिएको चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन एवं शिक्षण अस्पतालका नेफ्रोलोजी विभागकी प्रमुख डा. दिव्यासिंह शाहले जानकारी दिनुभयो ।

अब अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा नियमित हुने डा. शाहको भनाई छ । ती युवतीलाई उनकी आमाले मिर्गौला दिएको बताइएको छ।

मिर्गौला लिने र दिने दुवै जनालाई मिर्गौला प्रत्यारोपणको तयारी गर्नुअघि र प्रत्यारोपण गर्नुअघि दुई पटक पिसिआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्