Logo
|
Friday 26th April 2024
Logo

epaper

‘कोभिसिल्ड’ खोप प्रयोग गर्न सरकारले दियो अनुमति [विज्ञप्ती सहित]



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरसविरुद्ध खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


औषधि व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड १९ खोपको आपतकालीन प्रयोग अनुमति गरीएको सम्वन्धमा विभागीय निर्णय अनुसार उत्पादक सेरम इन्स्टिच्युट अफ इण्डीयाको कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिएको जानकारी गराउछौं ।’


‘कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्