Logo
|
Friday 29th March 2024
Logo

epaper

२४ घण्टामा २७० जना कोरोना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा आज थप २७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३०८४ जनाको गरिएको पीसीआर परीक्षणमा २७० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ३९० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६० हजार ५ सय ६७ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९४८ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्