Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा थप २६६ जनामा कोरोना, ५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २६६ जनामा कोरोना पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४०० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६१ हजार ४४४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५०८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख १२ हजार ४५२ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २२१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार ९१९ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्