Logo
|
Friday 29th March 2024
Logo

epaper

कोरोनाविरुद्धको खोप लगाउन १० हजार स्वास्थ्यकर्मीलाई तालिम दिइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोनाविरुद्धको खोप आउने तयारी भइरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियान सफल पार्न तालिम दिने तयारी थालेको छ ।


स्वास्थ्य मन्त्रालयले झण्डै १० हजार स्वास्थ्यकर्मीलाई खोप लगाउने सम्वन्धि तालिम दिने भएको हो । सो तालीम स्थानिय, प्रदेश र केन्द्रिय सरकार मातहत रहेका स्वास्थ्यकर्मीलाई उपलब्ध गराइने स्वास्थ्य सेवा विभाग अन्तर्गत् खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले बताउनुभयो ।

सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, दोस्रो चरणमा ७५ वर्ष माथिका वृद्धवृद्धा र दीर्घ रोगीलाई खोप दिइने योजना बनाएको छ ।


अहिले जिल्लाजिल्लाका स्वास्थ्यकर्मीको विवरण राख्न शुरु गरिएको छ । वडावडामा रहेका महिला स्वयंसेविकालाई तालिम दिइने सरकारको योजना छ । केहिदिन अघि स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठीले कोरोना विरुद्धको खोप अभियानमा महिला स्वास्थ्य स्वंयमसेविकालाई खटाइने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्