Logo
|
Friday 19th April 2024
Logo

epaper

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चितवनस्थित भरतपुर अस्पतालमा आँखा रोग उपचार शुभारम्भ भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त रुपमा आँखा रोग विभागको उत्घाटन गर्नुभयो ।

सो समारोहमा निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा तिवारीले मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष डा अधिकारीले राजधानी बाहिरको सुविधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि बढेको भन्दै सङ्घीय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी बढी भएको बताउनुभयो ।

उहाँका अनसार हाल शल्यक्रिया बाहेक सबै सेवा उपलब्ध हुने छ । विभागमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्राविधिक समूह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्