Logo
|
Thursday 25th April 2024
Logo

epaper

त्रिवि शिक्षण अस्पतालको आईसीयूमा कार्यरत डाक्टरमाथि हातपात



जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत एक डाक्टरमाथि हातपात भएको छ ।

कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डा. सविन भण्डारीमाथि हातपात गरेका हुन्।

अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासका अनुसार मृतक निमोनियाको बिरामी थिए । उनको बुटवलमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।


तर उपचारको क्रममा भाइरल इन्फेक्सनको शंका लागेपछि इन्फ्लुएञ्जाको परीक्षणको लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

उनको इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आयो । पुन पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको थियो ।

आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको डा दासले जानकारी दिनुभयो ।

मृतकका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्