Logo
|
Friday 26th April 2024
Logo

epaper

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा सोमबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४४१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ६४ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ४ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्