Logo
|
Saturday 20th April 2024
Logo

epaper

दक्षिण कोरियाका नेपालीलाई निःशुल्क कोरोनाको खोप



Photo taken in Seoul, South Korea

जनस्वास्थ्य सरोकार, सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । यस घोषणासंगै दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि खोप निशुल्क पाउने भएका हुन् ।

दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताउनुभयो ।

यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्