Logo
|
Wednesday 24th April 2024
Logo

epaper

विश्वका ६० देशमा पुग्यो नयाँ प्रजातिको कोरोना भाइरस



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नयाँ प्रजातिको कोरोना भाइरस विश्वका करिब ६० देशमा पुगेको छ । नयाँ प्रजातिको कोरोना भाइरस हालसम्म विश्वका करिब ६० देशमा पुगिसकेको समाचार एजेन्सी एएफपीका जनाएको छ । यो हप्तामा मात्रै १० वटा देशमा फैलिएको छ ।

हालसम्म कोरोना संक्रमणबाट विश्वभर २० लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गएको एक हप्ताभित्रमा मात्र कोरोना संक्रमणबाट करिब ९३ हजार जनाको ज्यान गएको डब्लुएचओले जनाएको छ ।

गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन ।

प्रतिक्रिया दिनुहोस्