Logo
|
Sunday 12th January 2025
Logo

epaper

नेपाललाई भारतले दियो १० लाख डोज खोप, भोलि नै काठमाडौँ आइपुग्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाललाई भारत सरकारले १० लाख डोज कोरोना विरुद्धको खोप अनुदान स्वरुप उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सो जानकारी दिनुभएको हो ।

सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘काेभिसिल्ड’ खोप दिने भएकाे हाे । उक्त खोप बिहिबार काठमाडौँ आइपुग्ने स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो खोप फ्रन्टलाइनमा रहेर काम गर्ने डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा संलग्न व्यक्ति र सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइनेछ ।


मन्त्री त्रिपाठीले आज ऐतिहासिक दिन भएको भन्दै खोपका लागि कानुनी, प्राविधिक, प्रशासनिक र आर्थिक कुनै पनि समस्या नरहेको बताउनुभयो ।


उहाँले भन्नुभयो– ‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अन्यन्त महत्वपुर्ण हुनेछ ।’

पत्रकार सम्मलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्