Logo
|
Saturday 20th April 2024
Logo

epaper

थप ३१८ जनामा कोरोना संक्रमण, ३८३ निको, ६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ। पछिल्लो २४ घण्टामा मुलुकभर थप ३१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कूल संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।

साथै पछिल्लो २४ घण्टामा ३८३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ९३ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६ जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् ।

योसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,९७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्