Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोनाविरुद्धको १० लाख खोप नेपाल आउँदै

११ः४५ बजे काठमाडौं आइपुग्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाललाई भारतले अनुदानमा उपलब्ध गराउने १० लाख डोज कोरोना खोप आज हस्तान्तरण हुँदैछ ।

भारतबाट कोरोनाको खोप अहिले ११ः४५ बजे काठमाडौं आइपुग्दै छ। अब केहीबेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यी खोपहरु हस्तान्तरण गरिने छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको कोरोना विरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी र सफाइकर्मीहरुलाई दिइने जानकारी दिनुभयो ।

नेपालको ७२ प्रतिशत जनसंख्यालाइ खोप दिने तयारी सरकारले गरेको छ ।

सरकारले खोप आएको सातदिनमा खोप लागाउने व्यवस्था गरेको र खोपका लागि आवश्यक कानुनी ,आर्थिक र प्राविधिक तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्