Logo
|
Friday 26th April 2024
Logo

epaper

शनिबारबाट ‘कोभिसिल्ड’ खोप सातै प्रदेशमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारत सरकारको अनुदानमा आएको कोरोनाबिरुद्धको खोप ‘कोभिसिल्ड’ शनिबारबाट सातै प्रदेशमा वितरण गरिने भएको छ ।

सात प्रदेश र जिल्लागत रुपमा स्वास्थ्यकर्मीको विवरण एकीन गरेपछि आवश्यकताको आधारमा खोप वितरण कार्यलाई शनिबारबाट अघि बढाउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।


प्रदेशमा पठाइएको खोपहरु जिल्लागत रुपमा वितरण हुने र जिल्लाले तोकेको बुथबाट स्वास्थ्यकर्मीहरुले खोप पाउने महाशाखा प्रमुख डा भिमसिंह तिंकरी जानकारी दिनुभयो ।

विभागले स्वास्थ्यकर्मीको संख्या बढी भएको काठमाडौँ उपत्यकामा धेरैवटा बुथ राखे पनि उपत्यका बाहिरका जिल्लाहरुमा सरकारी अस्पतालबाट स्वास्थ्यकर्मीलाई खोप दिने योजना बनाएको छन् ।

विभागले ७७ वटै जिल्लामा खोप केन्द्र तयार गर्ने र एउटा केन्द्रमा एक दिनमा १२० देखि १२५ जनालाई खोप दिइने योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्