Logo
|
Friday 26th April 2024
Logo

epaper

देशभर थपिए ३०२ जना कोरोना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १ सय १२ सहित देशभर थप ३ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।


यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । यही अवधीमा देशभरबाट थप ४ सय ८० जना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ । क्वारेनटिनमा १७२ जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १५४ र भेन्टीलेटरमा ३१ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्