Logo
|
Saturday 20th April 2024
Logo

epaper

पहिलो चरणको खोप लगाउने व्यक्तिको विवरण पठाउने म्याद आज बेलुकासम्म



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ विरुद्धको पहिलो चरणमा खोप लगाउने व्यक्तिहरुको विद्युतीय प्रणालीबाट विवरण पठाउन आज (माघ १० गते) बेलुका सम्म समय तोकेको छ । मन्त्रालयले गत ८ गते सो सुचना जारी गरेको थियो ।

पहिलो चरणमा सरकारले कोभिड १९ व्यवस्थापनका अग्रपंगितमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शवबाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीहरुलाई खोप दिन लागेको छ ।


मन्त्रालयका अनुसार, शुक्रबारसम्म ५० हजार भन्दा बढीले विवरण भरिसकेका छन् । आगामी माघ १४ गतेबाट खोप लगाउने सुरु गरिने प्रधानमन्त्रीले यसअघि नै जानकारी गराइसक्नुभएको छ । भारत सरकारले अनुदानमा माघ ८ गते पठाएको १० लाख डोज कोभिसिल्ड खोप पहिलो चरणमा लगाउन लागिएको र खोप काठमाडौंको टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई सातैवटा प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र प्रादेशिक भण्डारण केन्द्रबाट आवश्यक अनुसार जिल्ला–जिल्ला पु¥याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्