Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान आगामी माघ १४ गते देखि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरस विरुद्वको खोप अभियान आगामी माघ १४ गते (बुधबार) बाट सुरु हुने भएको छ ।

सो खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले अभियानको शुभारम्भ १४ माघ बिहान १० बजे गर्ने बताइएको छ । खोप अभियान देशभर एकैपटक सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सम्भव नभएका स्थानमा पनि १८ माघभित्रै खोप लगाइनेछ ।

कोभिड–१९ विरुद्धको खोप आज सबै प्रदेशहरुमा पुग्दैछ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार प्रदेशहरुबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । अस्पताललाई नै खोप केन्द्र बनाएर पहिलो चरणको खोप लगाइनेछ ।

खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्