Logo
|
Thursday 25th April 2024
Logo

epaper

विराट मेडिकल कलेजमा संक्रामक रोग पहिचान गर्ने मल्टिप्लेक्स पिसिआर मेशिन पहिलोपटक सञ्चालनमा



नस्वास्थ्य सरोकार, बिराटनगर । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एक घन्टाभित्र कुनै पनि रोगको ३० वटासम्म कजेटिभ एजेन्ट (रोग संक्रमण गराउन सक्ने सम्भावित कारण) पत्ता लगाउन सकिने मल्टिप्लेक्स पिसिआर मेशिन सञ्चालनमा ल्याएको छ ।


नेपालमा पहिलोपटक जडान गरिएको यो मेसिन अमेरिकी कम्पनी बायोफारको उत्पादन हो र अमेरिकी फुड एन्ड ड्रग्स एडमेनिस्ट्रेशन (एफडीए) बाट मान्यता प्राप्त गरेको छ । यो मेसिनको नेपालको आधिकारिक बिक्रेता मेडिटेक एण्ड सर्जिटेक हो ।

यो मेसिनको माध्यमबाट इन्डोस्कोपी, फोक्सो श्वासनलीबाट खकार निकालेर क्षयरोग,क्यान्सरलगायतका कडा किटाणुले भएको समस्या एकैपटक थाहा पाउन सकिन्छ । सघन उपचार कक्ष (आइसियू) मा उपचाररत व्यक्तिको चाँडो रोग पहिचान गरी तत्काल उपचारका प्रक्रिया अपनाई ज्यान जोगाउन यो मेसिन महत्वपूर्ण मानिएको छ ।


अस्पतालका कन्सन्लट्यान्ट फिजिसियन डा. पुरू कोइरालाका अनुसार, संक्रामक रोगका कारण आइसियुमा भर्ना हुने बिरामीहरुमा कुन किटाणुले इन्फेक्शन भइरहेको छ भन्ने छुट्याउन गाह«ो भइरहेको वर्तमान अवस्थामा यो प्रविधि निकै प्रभावकारी छ ।

नेपाल मेडिटेक एण्ड सर्जिटेकका कार्यकारी निर्देशक राजेश भगतले यस प्रकारका नविनतम प्रविधिहरु मुलुकमा भित्र्याएर सेवा प्रदायक संस्थाहरुलाई बिरामीको जटिल रोग पहिचान र उपचारमा सहज बनाउन लागिपरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्