Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कसरी चल्दैछ कोरोना विरुद्धको खोप लगाउने अभियान ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम विरुद्ध खोप लगाउने अभियान पर्सी (बुधबार) देखि शुभारम्भ गरिदैंछ । त्यसका लागि सबै तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पुर्याइसकेको छ ।

भारत सरकारबाट उपहार स्वरुप उपलब्ध भएको १० लाख डोज खोप लगाउन सात वटै प्रदेशमा खोप ढुवानी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिनुभयो । आगामी बुधबार विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सात वटै प्रदेशमा रहेका अस्पताल, काठमाडौंमा रहेका प्रमुख अस्पतालका कर्मचारीहरु भर्चुअल विधिबाट प्रत्यक्ष जोडीएर अभियानको शुभारम्भ गरिने छ ।


आगामी १८ गतेभित्र देशका ७७ वटै जिल्लाका तीन सय वटा खोप केन्द्र मार्फत खोप अभियान संचालन गरिनेछ । स्वास्थ्य मन्त्री त्रिपाठीले लक्षित समुहलाई मात्र खोप उपलब्ध गराउन सम्बन्धित संस्थाले खोप लगाएका व्यक्तिको सूची तयार गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । उनले निर्धक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।


पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्री त्रिपाठीले खोप अभियानको पहिलो चरण सम्पन्न हुनुअघि नै थप खोप पनि आइसक्ने जानकारी दिए । उनले भने, ‘पहिलो चरणको खोप अभियान सकिनुअघि नयाँ खेपको खोप आउने छ । यो अभियानलाई सफल बनाउन आग्रह गर्छु ।’
क–कसलाई लगाईदैंछ ?
स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा उपहार स्वरुप प्राप्त भएको खोपमा फ्रन्टलाईनरलाई प्राथमिकतामा राखिएको छ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शब वाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीहरुले पहिलो चरणमा खोप उपलब्ध गराउने बताएको छ ।
नेपालमा आएको खोप कस्तो हो ?
यो खोप भारत सरकारले उपहार स्वरुप उपलब्ध गराएको हो । नेपाललाई प्राप्त भएको खोप अक्स्फोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्त रुपमा विकास गरेको र भारतमा रहेको सेरम इन्टिच्युटले उत्पादन गरेको हो । सो खोपको तेस्रो चरणको ट्रायल पनि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्