Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

संक्रमणदर ओरालो लाग्दो, परीक्षणपनि घट्दै



जनस्वास्थ्य सरोकार, काठमाडौं । माघ यता दैनिक रुपमा कोरोना भाइरस संक्रमितको संख्या पाँच सय नाघेको छैन । देशभर आइतवार दुइ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या दुइ लाख ६९ हजार चार सय ५० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सकृय संक्रमितको संख्या तीन हजार तीन सय १२ जना रहेको छ ।
आइतवार देशभर चार हजार चार सय १३ जनाको पिसिआर परीक्षण गरीएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ४३ हजार दुइ सय ५५ पुगेको छ । आइतबार थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या दुइ हजार एक पुगेको छ ।
आइतवार थप चार सय तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै, देशभर एक सय ३९ जना आइसियु र २३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्