Logo
|
Friday 26th April 2024
Logo

epaper

यी अस्पतालबाट काठमाडौं उपत्यकामा लगाइनेछ कोरोनाविरुद्धको खोप



जनस्वास्थ्य सरोकार,काठमाडौं । कोरोना विरुद्धको खोप भोलीबाट लगाइँदैछ । सरकारले काठमाडौं उपत्यकामा खोप लगाउने खोप केन्द्रहरुको निर्धारण गरेको छ ।


काठमाडौंमा मुख्यतः केन्द्रीय र सरकारी अस्पतालबाट खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी अस्पतालहरुबाटै खोप लगाइनेछ ।


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट खोप लगाउने तयारी थालिएको छ ।


यस्तै, भक्तपुर अस्पताल, शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहिद गंगालाल अस्पतालबाट खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्