Logo
|
Sunday 19th May 2024
Logo

epaper

थप ३०३ जनामा संक्रमण पुष्टि, २८५ जना सङ्क्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं ।  नेपालमा कोरोना भाइरसका ३०३ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९२ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा २८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४०१ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेकाे प्रतिशत ९८.०५ पुगेकाे छ ।

यस्तै साे अवधिमा छ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

साे सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार १७ जना पुगेका छन् ।

हाल तीन हजार २५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २५२ जना आइसोलेशनमा र १२२ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्