Logo
|
Wednesday 8th May 2024
Logo

epaper

कोरोनाविरुद्ध खोप अभियानः टेकु अस्पतालमा जे देखियो……



जनस्वास्थ्य सरोकार, काठमाडौं । देशैभर कोरोना भाइरस संक्रमण विरुद्ध खोप अभियान सुरु भएको छ । यसैक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि खोप लगाउन सुरु गरिएको छ ।


विहान १० बजेदेखि खोप लगाउन थालिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले पहिलो खोप लगाउनुभएको छ । यस्तै, अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले पहिलो खोप लगाउनुभयो ।


खोप लगाएपछि डा.भण्डारीले खोप निर्धक्कका साथ लगाउन सबैलाई अपिल गर्नुभयो । यो इन्फ्लुएन्जा खोप जस्तै भएको भन्दै डराउनुपर्ने कुरा नभएको बताउनुभयो । यस्तै, अस्पतालका प्रवक्ता डा.बास्तोलाले अन्य खोप जस्तै यो खोप रहेको बताउनुभयो ।


टेकु अस्पतालमा चार जनाले खोप लगाउनका लागी नाम दर्ता गराएका छन् । खोप लगाएका चिकित्सकहरुले आफू खोप लगाएर खुशी भएको र कोरोना विरुद्धको अभियानलाई सफल बनाउन लागि परेको बताउनुभयो । खोप लगाउन अस्पतालका स्वास्थ्यकर्मी, सरसफाईकर्मी आतुर देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्