Logo
|
Saturday 20th April 2024
Logo

epaper

नि:शुल्क स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित



जनस्वास्थ्य सरोकार, बारा। बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ५ स्थित उचिडी स्वास्थ्य चौकीमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित भएका छन् ।
नेपाली सेनाको २८ बहिनी र २८ फिए गुल्मी, नेपाल औषधि उत्पादक संघ, प्रदेश नं. २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र चन्द्रनाथ गणको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो ।
उक्त शिविरमा २७५ महिला, १८३ पुरुष र १३९ बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा जनरल चिकित्सा, दन्त सेवा, इसिजी, आँखाको उपचार सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।


शिविरमा हाइपरटेन्सन र दमका रोगी, हाडजोर्नी भएका बिरामीलाई फलोअप परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्