Logo
|
Saturday 27th April 2024
Logo

epaper

खोप लगाउँदा ध्यान दिनुपर्ने कुरा (जिज्ञासा समाधानसहित)



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिस गरिएको छ । सबै नेपालीलाई पुग्ने गरी यो खोप प्राथमिकताका आधारमा चरणबद्ध रुपमा सबैलाई क्रमशः दिइने सरकारको योजना छ ।
खोपमा प्राथमिकता कसलाई ?
देशभर कोरोना भाइरस रोगको जोखिम, संक्रमितहरूमा भएको मृत्यु तथा सिकिस्त हुने दरको आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकिकरण गरिएको छ ।
पहिलो प्राथमिकतामा स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, स्वास्थ्यकर्मीसहित स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई राखिएको छ । कोरोना भाइरस रोग संक्रमण हुने र अरुलाई पनि संक्रमित गराउन सक्ने जोखिम बढी हुने र स्वास्थ्यकर्मीलाई राखीएको छ ।


यस्तै, एम्बुलेन्स चालक तथा सहचालकहरू, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, वृद्धाश्रममा कार्यरत कर्मचारीहरू, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका महिला तथा पुरुषलाई राखिएको छ । यो उमेर समुहमा कोरोना भाइरस रोगको संक्रमण हुँदा मृत्युदर र जटिलता उच्च भएको देखिएको छ । साथै, ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोग भएका व्यक्तिहरूलाई पनि दोस्रो प्राथमिकतामा राखी यो खोप लगाइने छ । दीर्घरोग भएका शरणार्थी र प्रवासी कामदारहरूलाई पनि यसै चरणमा खोप लगाइने छ । तेस्रो प्राथमिकतामा खोपको मात्रा उपलब्ध भएसँगै १८ वर्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप सेवा प्रदान गरिने छ । १८ वर्ष मुनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भैरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप दिइने छैन ।

१८ वर्ष उमेर माथिका लाई लगाइदैं
यो खोप लगाएपछि अरुलाई कोरोना भाइरस संक्रमण हुनबाट जोगाउने विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइनेछ । जनस्वास्थ्य विज्ञहरुका अनुसार यो खोप लिएपछि फेरी कोरोना संक्रमण हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरूमा कोरोना संक्रमण हुन सक्ने बताइएको छ । खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम देखिएको छ ।
कसलाई लगाइँदैन ?
अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाहरूले लिनुहँुदैन । साथै, यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनुहँुदैन । यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन ।


मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु आवश्यक रहेको चिकीत्सकहरु बताउँछन् । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी रहेको खोप विज्ञहरु बताउँछन् ।

उपहारमा आएको खोप कस्तो हो ?
यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो ।
खोपविज्ञहरुका अनुसार कम्तिमा चार हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ ।

कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् ।

पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्