Logo
|
Tuesday 16th April 2024
Logo

epaper

दोस्रो चरणमा कोरोनाविरुद्ध खोप ल्याउन के हुँदैछ तयारी ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । पहिलो चरणमा १० दिनभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने तयारी थालेको सरकारले दोस्रो चरणमा खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
सरकारले दोस्रो चरणको खोप ल्याउन कुटनितिक पत्र पठाइसकेको छ ।

भारतबाट दोस्रो चरणको खोप ल्याउन पत्र पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप केन्द्र, भण्डारण लगायतका कामहरु सकिएको र अब खोप ल्याउने /लगाउने काम मात्रै बाँकि रहेको बताइएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अनुदानमा खोप ल्याउन भारत सरकारलाई अनुरोध गरिएको छ । सरकारले आगामि नौ दिनभित्र चार लाख ३० हजार फ्रन्टलाइनरलाई कोरोना विरुद्धको खोप दिइसक्ने लक्ष्य राखेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका तीन सय खोप केन्द्रबाट अग्रपंक्तीमा खटिने सेवा प्रदायकलाई खोप लगाइने छ । दैनिक ४३ हजार जनालाई खोप लगाउने लक्ष्य राखिएपनि कार्यान्वयनमा सकस देखिएको छ । हिजो बुधबार पहिलोदिन नौ हजार ८४ जनाले खोप लगाएका छन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियानलाई निरन्तर अघि बढ्नेछ । खोप कार्यक्रमलाई प्रभावकारी वनाउन सरकारले सबै तयारी अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना खोपमा लागाउँदा कसैमा भवितव्य देखिए सरकारले उपचार खर्च गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्