Logo
|
Friday 26th April 2024
Logo

epaper

आज २१३ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ जना पुगेको छ । आज २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २९६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । आज पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।नेपालमा हालसम्म २० लाख ६० हजार ८६० जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ७९१ जनाको परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्