Logo
|
Friday 29th March 2024
Logo

epaper

कोरोनाविरुद्ध खोप अभियान आज पनि जारी, ८ दिनमा ३९२१८४ लाई खोप लगाइने



जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभरका खोप केन्द्रहरुवाट आज शुक्रवार पनि खोप लगाउने क्रम जारी छ । सरकारले भारत सरकारबाट उपहार स्वरुप पहिलो चरणमा १० लाख डोज खोप प्राप्त गरेको थियो ।

देशभर दुइ दिनको अबधीमा ३७ हजार आठ सय १६ जनाले कोरोना विरुद्ध खोप लगाएका छन् । खोप अभियान सुरु भएको दोस्रो दिन बिहीबार २८ हजार ७३२ जनाले खोप लगाएका थिए । यस अघि बुधबार देशभरका खोप केन्द्रबाट पहिलो दिन नौ हजार ८४ जनाले खोप लगाएका थिए ।


जसअन्तर्गत् बिहिबार प्रदेश एकमा तीन हजार आठ सय ४७, प्रदेश दुइमा दुइ हजार एक सय ७४, बागमती प्रदेशमा एघार हजार चार सय ६१ जनाले खोप लगाएका छन् । गण्डकी प्रदेशमा चार हजार आठ सय ५३, लुम्बिनी प्रदेशमा दुइ हजार तिन सय तिन, कर्णाली प्रदेशमा एक हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा दुइ हजार चार सय १७ जनाले खोप लगाएका छन् ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार खोप लगाएका कुनै पनि व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन ।


पहिलो चरणको खोप अभियानमा स्वास्थ्यकर्मीहरु, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरु, एम्बुलेसन्स तथा शव वाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरु, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरुलाई प्राथमिकतामा राखिएको छ ।

महिला स्वास्थ्य स्वयं सेवकहरु,अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, वृद्धाचश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारीहरु र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरु पहिलो प्राथमिकतामा रहेका छन् ।

खोप केन्द्रमा पुग्दा खोप लगाउन स्वास्थ्यकर्मीहरु उत्सुक देखिएका थिए । स्वास्थ्य मन्त्रालयले अबको आठ दिनभित्र तीन लाख ९२ हजार एक सय ८४ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्