Logo
|
Wednesday 24th April 2024
Logo

epaper

६ महिनायता बिहिबार मृतक संक्रमित शून्य, के घट्दैछ त संक्रमण दर ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस संक्रमित मृतकको संख्या बिहीवार शून्यमा झरेको छ । पछिल्लो झण्डै ६ महिनायता मृतकको संख्या विहिवार शून्यमा झरेको हो । बुधबार संक्रमित मध्ये तीन जनाको मृत्यु भएको थियो ।


२०७७ साउन १८ गतेपनि संक्रमित मृतकको संख्या शून्य रहेको थियो । संक्रमित मध्ये दुइ हजार २० जनाको मृत्यु भएको छ ।

यस्तै, कोरोना संक्रमण दरपनि क्रमिक रुपमा घट्दै गएको देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार माघयता दैनिक संक्रमितको संख्या पाँच सय भन्दा कम रहेको छ ।


देशभर विहिवार दुइ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या दुइ लाख ७० हजार पाँच सय ८८ पुगेको छ ।

हालसम्म सकृय संक्रमितको संख्या तिन हजार दुइ सय तीन जना रहेको छ । विहिवार थप तिन हजार सात सय ९१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ६० हजार आठ सय ६० पुगेको छ ।


हाल एक सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । बिहिबार थप २ सय ९६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्