Logo
|
Thursday 9th May 2024
Logo

epaper

बाँकेमा कोरोना संक्रमणबाट सि अनमीको मृत्यु



जनस्वास्थ्य सरोकार, बाँके । कोरोना भाइरस संक्रमणबाट बाँकेमा एक जना महिलास्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिकाको टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ४२ वर्षीय रमा भारतीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले जानकारी दिनुभयो ।

उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे निधन भएको हो ।

यसैबीच बैजनाथ गाउँपालिकाका अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै भारतीको निधनमा शुक्रबार पालिकासहित वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्