Logo
|
Wednesday 8th May 2024
Logo

epaper

बारबरा फाउण्डेसनद्धारा कोभिड–१९ विशिष्ट सम्मान, स्वास्थ्य पत्रकारपनि सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौं । बारबरा फाउण्डेसनले कोभिड-१९ संक्रमण रोकथाममा महत्वपूर्ण योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

फाउण्डेसनले कोभिड-१९ विशिष्ट सम्मान चिकित्सक विधा तर्फ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्रा.डा.सुवास प्रसाद आचार्य, कोशी अस्पताल विराटनगरमा कार्यरत डा.डेन प्रसाद आचार्य र शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.अनुप वास्तोंलालाई बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान प्रदान गरेको हो ।


यस्तै, बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान नर्सिङ विधातर्फ बीर अस्पतालमा कार्यरत नर्स ज्योती हमाल, सशस्त्र प्रहरी बल बलम्वुमा कार्यरत स्टाफ नर्स सपना रावल, सेती प्रादेशीक अस्पताल धनगढीमा कार्यरत नर्स भगवती बडाल र नारायणी अस्पताल बीरगञ्जमा कार्यरत नर्स श्रुती शाहलाई सम्मान गरीएको हो । उहाँहरुलाई ५० हजार एक रुपैंया नगदसहित सम्मान गरिएको हो ।

यस्तै, फाउन्डेसनले बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान पत्रकारीता विधा तर्फ अनलाइन खबर डटकमका सागर बुढाथोकी, देशसञ्चार डटकममा कार्यरत बर्षा शाह, कान्तिपुर दैनिकमा कार्यरत फातीमा बानुलाई नगद ५० हजार एक रुपैंयासहित सम्मान गरेको हो । संस्थागत सञ्चार माध्यम तर्फ नेपाल न्यूज नेटवर्कलाई सम्मान गरिएको थियो ।


बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान स्वास्थ्य सहयोगी कर्मचारी तर्फ भेरी अस्पतालमा कार्यरत सुशीला भण्डारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा कार्यरत हेल्थ असिस्टेन्ट रमेश काफ्ले र आरएन ए १६ स्वयम्सेवि समुह भक्तपुरलाई सम्मान गरिएको छ । फाउन्डेसनका अध्यक्ष डा.सन्दुक रुइतको अध्यक्षतामा सम्मान घोषणा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्