Logo
|
Wednesday 24th April 2024
Logo

epaper

शुक्रबार थप १५७ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शुक्रबार थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ३३३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय २२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ६४ हजार ८१ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ११ रहेको छ ।

२४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्