Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौँमा बर्डफ्लु भेटियो, २५ सय बढी पन्छी नष्ट



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा पालिएका पन्छीमा बर्ड फ्लूको संक्रमण देखिएको छ ।


बर्ड फ्लूको पुष्टि भएपछि काठमाडौँको तारकेश्वर नगरपालिका ७ स्थित सङ्लेखाला, फुटुङका स्थानियले पालेका २५ सय बढी पन्छी नष्ट गरिएको छ ।


तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायका अनुसार बर्डफ्लू देखिएका १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा नष्ट गरिएको छ ।


बर्डफ्लु पुष्टि भएपछि स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली, तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीका साथै नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उक्त फार्मलाई शिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्