स्वास्थ्य पत्रकार मञ्चको उत्साहजनक निर्वाचन, अध्यक्षमा रामप्रसाद न्यौपाने
जनस्वास्थ्य सरोकार,काठमाडौं । स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालको चौथो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका हुन् ।
मञ्चको उपाध्यक्षमा सरोज ढुंगेल निर्वाचित भएका छन् । महासचिवमा भिषा काफ्ले, सचिव पदमा सन्जिता खनाल र कोषाध्यक्षमा कमला गुरुङ निर्वाचित भएका हुन् ।
यस्तै, सदस्यहरुमा सागर बुढाथोकी, फातिमा बानु, सिर्जना बराल, तुलसा घिमिरे, बिना न्यौपाने, ज्योति अधिकारी, महेश तिमल्सेना र स्नेहा कर्ण निर्वाचित भएका छन् ।