Logo
|
Wednesday 8th May 2024
Logo

epaper

कोरोना विरुद्धको खोप अभियानः शनिबारसम्म ६४ हजार बढीले लगाए खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभरका एक सय ४३ खोपकेन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने क्रम आज (आइतबार) पनि जारी छ । शनिबारसम्म देशभर ६४ हजार बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

शनिबारसम्म देशभर ६४ हजार चार सय २२ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार शनिवार प्रदेश १ मा एक हजार पाँच सय ४७, प्रदेश २ मा दुई हजार एक सय १०, बागमतीमा पाँच हजार चार सय दुई, गण्डकीमा एक हजार आठ सय ८७, लुम्बिनीमा दुई हजार ६३, कर्णालीमा नौ सय ५५ र सुदूरपश्चिम प्रदेशमा नौ सय ३० जनाले खोप लगाएका छन् ।

खोप लगाएकाहरुलाई आम रूपमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम जानकारी दिनुभयो ।

अभियानको पहिलो चरणमा महामारीका वेला फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्