Logo
|
Thursday 18th April 2024
Logo

epaper

थप १०५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ ।

बितेको २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७० हजार ९५९ जना पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको ज्यान गएको छ । योसँगै मृतकको संख्या २ हजार २९ पुगेको छ भने २ लाख ६६ हजार ३३६ जना संक्रमित निको भएका छन् ।

बितेको २४ घण्टामा २८८ जना संक्रमित निको भएका हुन् । हाल नेपालमा ५९४ जना सक्रिय संक्रमितहरू छन् ।

प्रतिक्रिया दिनुहोस्