Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौँ महानगरपालिकाले रक्तदान गर्नेलाई प्रोत्साहन गर्दै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । रक्तदान कार्य व्यवस्थापन गर्ने संस्थालाई काठमाडौँ महानगरपालिकाले प्रति डोनर पाँच सय रुपियाँको दरले सहयोग उपलब्ध गराउने भएको छ ।

ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोदान) को २३ औँ साधारण सभा तथा सम्मान कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सो जानकारी दिनुभएको हो ।


कार्यक्रममा बोल्नुहुँदै मेयर शाक्यले रगत तथा रक्तदानको महत्वबारे प्रकाश पार्दै कुनै समय रगत किनबेच हुने गरेको अनुभव सुनाउनुभयो । त्यसबेला स्व. शरद कसाः ले ब्लोदान स्थापना गर्दा आफुलाई पनि यस संस्थामा सहभागी हुन अनुरोध गरेको सम्झदैँ विगतमा आफ्नै परिवारको लागि समेत सकेसम्म रगत नदिने र आवश्यक रगत किनेर चढाउने बताउनुभयो ।


उहाँले भन्नुभयो –‘रक्तदान भनेको बैंकमा पैसा जम्मा गरेजस्तो आफुलाई चाहिने बेलामा पाउनका लागि होइन । कहिले पनि फिर्ता लिन नपरोस् भनेर रक्तदान गर्नुपर्छ ।’

महानगरपालिकाले सुलभ तवरले रगत उपलब्ध हुने वातावरण बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अहिले रक्तदान अभियान सञ्चालन गर्ने संस्थाहरुलाई काठमाडौँमा नेपाल रेडक्रसले प्रति डोनर ५० रुपियाँका दरले खाजा खर्च उपलव्ध गराउँदै आएको छ ।

पछिल्लो पटक ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाले प्रति डोनर १५० रुपियाँ उपलव्ध गराउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्