Logo
|
Wednesday 8th May 2024
Logo

epaper

तीन लाख डोज खोप उपलब्ध गराउन चीन सरकार इच्छुक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारत सरकारले उपहार स्वरुप १० लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराए लगत्तै चीन सरकार पनि नेपाललाई खोप दिन इच्छुक देखिएको छ ।


चीन सरकारले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको हो ।


अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्