Logo
|
Saturday 11th May 2024
Logo

epaper

दश हजार किशोरीलाई आइरन र फोलिक एसिड चक्की खुवाउँदै टीकापुर नगरपालिका



जनस्वास्थ्य सरोकार, टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले दश हजार किशोरीलाई आइरन र फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ ।


नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्युनिकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाउन थालेको हो ।


टीकापुर नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ७४ विद्यालयमा अध्यनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन चक्की र फोलिक एसिड चक्की खुवाउने कार्य शुरु भएको नगरपालिकाका जनस्वास्थ्य प्रवर्धन उपशाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो ।

चक्की खुवाउन विद्यालय तहमा ७४ जना शिक्षक, शिक्षिकालाई तालीम दिएर परिचालन गरिएको छ । समुदायस्तरका किशोरीका लागि १२० महिला स्वास्थ्य स्वयम्सेविकालाई तालीम दिएर परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्