Logo
|
Wednesday 8th May 2024
Logo

epaper

सोमबार थप १५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप १५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । 

२४ घण्टामा २६४ संक्रमित कोभिडमुक्त भएका छन् भने नेपालमा हालसम्म २ लाख ६६ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् । नेपालमा सोमबार कोभिडका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोभिडका कारण २ हजार २९ जनाको मृत्यु भइसकेको छ । हाल २४ सय ८९ जना आइसोलेसनमा छन् भने ९७ जना क्‍वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २० लाख ७५ हजार १५२ वटा पीसीआर परीक्षण गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्