Logo
|
Friday 29th March 2024
Logo

epaper

मंगलबारसम्म १ लाख २८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको आज आठौँ दिन पनि खोप लगाउने क्रम जारी छ । खोप अभियान सुरु भएको सातौ दिन (मंगलबार) सम्म देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख २८ हजार ६ सय ५० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार प्रदेश १ मा १७ हजार २ सय ८७, प्रदेश २ मा १६ हजार १ सय ७३, बागमती प्रदेश मा ४५ हजार ३ सय ४५, गण्डकी प्रदेशमा १६ हजार २ सय ७०, लुम्बिनी प्रदेशमा १७ हजार ९ सय ७९, कर्णाली प्रदेशमा ६ हजार ६ सय ६० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ९ सय ३६ जनाले खोप लगाएका छन् ।


हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर लक्षण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो । ज्वरो तथा केही असहज अवस्था आए आराम गर्नुपर्ने उहाँको भनाई छ ।


सरकारले पहिलो चरणमा करिब ४ लाख ३० हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ । जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मीलाई खोप लगाउन प्राथमिक सूचीमा राखेको थियो। खोपको दोस्रो मात्रा पहिलो खोप लगाएको २८ दिन पछि लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्