Logo
|
Thursday 25th April 2024
Logo

epaper

पाटनमा मानसिक रोगका बिरामी बढे



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक रोगका बिरामीको संख्या बढ्न थालेको छ । मुलुकमा फैलिएको कोरोना महामारी पछि पाटनमा बिरामीको संख्या बढ्न थालेका हुन् ।

मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र जाँडरक्सी सेवनका कारण मानसिक समस्याका दैनिक दुईदेखि तीन जना मानिस अस्पतालमा उपचारका लागि आउन थालेको प्रतिष्ठानले जनाएको छ ।

मानसिक समस्या भएका बिरामीका लागि अस्पतालले ३० श्यया व्यवस्था गरेकोमा यी श्यया अहिले सधैंजसो भरिभराउन हुने प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले जानकारी बताउनुभयो । उहाँका अनुसार सानो बच्चामा सो रोग लागेको थाहा नभएर हो या समस्या नै नभएर हो उपचारमा आएका छैनन् भने १५ देखि ५५ वर्ष उमेर समुहका मानिस आउने क्रम बढेको छ ।

विगत १० वर्षअघिदेखि पाटन अस्पतालले मानसिक समस्या भएका बिरामीलाई उपचार सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्