Logo
|
Friday 19th April 2024
Logo

epaper

पर्सिसम्म पहिलो चरणको कोरोना विरुद्ध खोप लगाइसक्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । पर्सिसम्म पहिलो चरण अन्तर्गत् कोरोना भाइरस रोकथाम विरुद्धको खोप अभियान सकिने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान अबको दुई दिनभित्र अर्थात् पर्सि विहिवार सकिने जनाएको छ ।


भारत सरकारले उपहार स्वरुप उपलब्ध गराएको १० लाख डोज खोप उपलब्ध गराएको थियो । खोपको उपलब्धताको आधारमा पहिलो चरणमा ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाइने जनाएको थियो ।


स्वास्थ्य मन्त्रालयका अनुसार माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हालसम्म १ लाख ३५ हजार १३ जना स्वास्थ्यकर्मीले कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप लगाएका छन् । पहिलो चरणको खोप अभियान अबको दुइ दिनमा पुरा हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।


स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयं सेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, अन्तराष्ट्रिय नाकामा कार्यरत कर्मचारी, वृद्धाआश्रममा बस्ने व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले खोप अभियान सुरु गरेको थियो ।


लक्षित समुहहरुले खोप लगाउने समयसिमाभित्र खोप लगाउन छुटेको भए सम्बन्धित कार्यालयको सिफरिस पत्र र स्वास्थ्यकर्मीको हकमा परिषद्को दर्ता प्रमाणपत्र सहित जिल्ला स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्