Logo
|
Thursday 25th April 2024
Logo

epaper

६ महिनाबढी स्तनपान गराएकालाई पनि खोप दिइने



जनस्वास्थ्य सरोकार, काठमाडौं । ६ महिनाभन्दा बढी समय स्तनपान गराइरहेका आमाले कोरोना भाइरस रोकथाम विरुद्ध खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनाभन्दा बढी समय स्तनपान गराइरहेका आमालाई खोप लगाउन सकिने निर्णय गरेको हो ।
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा निर्णय गरिएको हो । एक्सक्लुसिभ बे्रस्ट फिडिङ गराइरहेका आमाहरुलाई उनीहरुले चाहेमा खोप दिन सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय सीमाका प्रवेश बिन्दुमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी, कारागारमामा बस्ने व्यक्ति र छुट भएका स्वास्थ्यकर्मीहरुलाई अबको दुइ दिनभित्रमा खोप लगाउनुपर्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभाव भएमा अन्तर जिल्ला र प्रदेश आपूर्ति केन्द्रबाट उपलब्ध गराउने समेत निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्