Logo
|
Friday 29th March 2024
Logo

epaper

भोली पहिलो चरणको अभियान सकिदैं, साढेँ १ लाख बढीले लगाए खोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभर बिहिवारसम्म एक लाख ५८ हजार चार सय ८७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । देशभरका दुइ सय एक खोप केन्द्रबाट खोप लगाउने कार्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश एकमा २१ हजार सात सय ५४, प्रदेश दुइमा २१ हजार एक सय ८५, बागमतीमा ५५ हजार पाँच सय चार, गण्डकीमा १७ हजार दुइ सय ६७, लुम्बिनीमा २३ हजार सात सय ९८, कर्णालीमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार नौ सय सात जनाले खोप लगाएका छन् । पहिलो चरणको खोप अभियान आगामी शनिबारसम्म चल्नेछ ।


स्वास्थ्य मन्त्रालयले पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको छ ।


सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सकंलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई राखेको छ ।


यस्तै, स्वास्थ्य मन्त्रालयले ६ महिनाभन्दा बढी समय स्तन गराइरहेका महिलालाई कोरोना विरुद्धको खोप दिन सकिने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक्सक्लुसिभ बे्रस्ट फिडिङ गराइरहेका आमाहरुलाई उनीहरुले चाहेमा खोप दिन सकिने निर्णय गरेको हो । यस्तै, खोप अभाव भएमा अन्तर जिल्ला र प्रदेश आपूर्ति केन्द्रबाट उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्